असार ६, २०८१
पढ्न लाग्ने समय :

दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजना पक्राउ


तुलसीपुर, ६ असार ।  दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ १७ गते आफ्नै घरभित्र मृत फेला परेकी सोही ठाउँकी ५० वर्षीया प्यारी चौधरीको घाटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मृत भेटिएकी चौधरीको शव परिक्षणबाट घाटी थिचेर हत्या भएको खुल्न आएपछी बालारामलाई हिजो बुधबार पक्राउ गरि अनुसन्धान सुरु गरिएको डीएसपी मल्लले बताउनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्