फाल्गुन १९, २०८२
पढ्न लाग्ने समय :

दाङमा होली खेलेर नुहाउन गएका बालकको डुबेर मृत्यु

दाङ, १९ फागुन । दाङको घोराहीमा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ ठोकरैया निवासी १३ वर्षका दिवश बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

दिनभरी होली खेलेर बाहुनडाडाँको गंगटे ड्याममा दिवश, साथीहरुसंग पौडी खेल्न बेलुकी करिब ५ बजे पोखरीमा पसेको थिए । पौडी खेल्ने क्रमममा डुबेर वेपत्ता भएपछि नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले उनलाई मृत अवस्थामा साँझ ६ बजे फेला पारेको थियो ।।

प्रतिक्रिया दिनुहोस्