नदीमा डुबेर दुई बालकको मृत्यु
धनगढी, ३० बैशाख । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलाली गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिनुभयको छ ।
उहाँका अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र उपचारको क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताउनु भयो ।
दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।।

