मलवार दाङमा कुलोमा खसीले बगाउँदा २ वर्षीया बालिका गम्भीर घाइते
दाङ, साउन १९ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा एक दुःखद घटना घटेको छ। मिति २०८२ साउन १९ गते अन्दाजी साँझ ५:३० बजेतिर स्थानीय सुदेश बस्नेतकी २ वर्षीया छोरी शुस्माअ बस्नेत घरको आगनमा खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसीले बगाएको छ।
बालिकालाई बगाइरहेको दृश्य देखेपछि उनका बुवाले तत्काल उद्धार गरी कुलोबाट बाहिर निकालेका थिए। घाइते बालिकालाई अन्दाजी साँझ ६:०० बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको हो। अस्पतालमा अहिले पनि उनको उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय मलवार दाङबाट प्र.ना.नि. जंग बहादुर यम्सीको कमाण्डमा प्रहरी टोली खटिएको छ। घटनाबारे थप विवरणहरू संकलन भइरहेको प्रहरीले जनाएको छ ।।

