फाल्गुन २७, २०८२
पढ्न लाग्ने समय :

समानुपातिकतर्फ रास्वपाले ५१ लाख मत कटायो


काठमाण्डौँ, २७ फागुन ।
प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले ४७ प्रतिशतभन्दा धेरै अर्थात् ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको निर्वाचन आयोग जनाएको छ । यसैगरी नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्