जेष्ठ १४, २०८१
पढ्न लाग्ने समय :

४ वटा सवारीसाधन एकैपटक ठोक्किदा एकजनाको मृत्यु, २२ जना घाइते


काठमाण्डौ, १४ जेठ । मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएकोमा अहिले दुईतर्फी नै खुलिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाण्डौबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्