चैत्र १८, २०८१
पढ्न लाग्ने समय :

दाङको दंगीशरणमा अनावश्यक ठाउँमा कल्भर्ट बनाएर लाखौं बजेट झ्वाम पारिदै

दाङ, चैत १८ ।  दाङको दंगीशरणमा अनावश्यक ठाउँमा कल्भर्ट बनाउन लागिएको भन्दै स्थानियले गुनासो गरेका छन् । दंगीशरण गाउँपालिका–१ स्थित बबई नदि पुल नजिकै आवश्यकता नै नभएको स्थानमा लाखौ रुपैयाँ लगाएर एउटा कल्भर्टको काम सुरु गरिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । ’जहाँ बाटो नै छैन, खोला नै छैन, पानी पनी नभएको खुल्ला चौर छ, त्यही कल्भर्ट बनाउन लागिएको छ, एकजना स्थानियले भन्नुभयो’,– नजिकै १० मिटर पर अर्को मुख्य बाटो छ । सोही बाटो प्रयोग गर्न सकिन्छ । यो बाटो आवश्यक पर्दैन । यो बजेटले बरु मुख्य बाटोलाई थप राम्रो गराउन सकिन्थ्यो होला, कुनै अध्यन नै नगरी हचुवाको भरमा यस्ता अनावश्यक ठाउँमा बजेट हालेर बालुवामा पानी हाले झै हुने भयो, यो त कसैलाई पनि चित्त बुझेको छैन, जस्तो सुकै लाटो सोझो मान्छेलाई पनी यसले अचम्म लाग्ने अवस्था छ ।’ बाटो, खोला र पानी केही नभएको ठाउँमा कल्भर्ट बनाएर सिमित व्यक्ती र ठेकेदारलाई पोस्ने काम भएको स्थानियहरु बताउछन् । बबई नदि नजिकमा भएकाले नदिजन्य पदार्थ प्रयोग गर्न सहज हुने भएकाले अनावश्यक ठाउँमा कल्भर्ट बनाउन लागिएको उनीहरुको भनाई छ ।गाउँपालिकाले एउटा ठेकेदारको सहजताका लागी लाखौ रुपैयाँ बजेटको दुरुपयोग गरेको स्थानियले बताएका छन् ।

दंगीशरण गाउँपालिकाको चालु आर्थीक बर्ष २०८१/०८२ बिनियोजन भएको करिब ७० लाख बजेटमार्फत उक्त कल्भर्ट, नालालगाएतको काम भइरहेको छ । भ्याटबाहेक ६० लाखमा टेन्डर आह्वान गरिएकोमा ए।बि।एम। बिल्डर्स तुलसीपुरले ३९ लाखमा ठेक्का पारेर काम गरिएको ठेकेदार अल बहादुर खत्रीले बताउनुभयो । असारमसान्त भित्र काम सक्ने सम्झौता अनुसार अहिले काम भइरहेको भन्दै उहाँले जेठ भित्रै काम सम्पन्न गर्ने बताउनुभयो । यता दंगीशरण गाउँपालिकाका शव–इन्जिनियर भुम प्रसाद बोहोराले भने जनप्रतिनिधिकै सल्लाह अनुसार काम भएको बताउनुभएको छ । आफु कर्मचारी भएकाले जनप्रतिनिधिले जहाँ भन्छन् त्यही काम गर्दै आएको उहाँले बताउनुभयो । यता दंगीशरण–१ का वडाअध्यक्ष रमेश भण्डारीले उक्त स्थानमा कल्भर्ट नबनाउनका लागी धेरै प्रयास गरेपनी आफु असफल भएको बताउनुभयो । सो स्थानमा कल्भर्टको आवश्यकता नभए पनी केही स्थानियले सोही ठाउँमा बनाउनुपर्छ भन्ने अडान नछाडेकाले कल्भर्ट अन्यन्त्र सार्न नसकिएको उहाँले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्