असार २७, २०८१
पढ्न लाग्ने समय :

पहिरोले घर पुरिदा एक महिलाको मृत्यु

ढोरपाटन बागलुङ, २७ असार । वर्षाका कारण पहिरोले घर पुरिदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्