दाङको तुलसीपुरमा अटोको पछाडीबाट मोटरसाइकल ठोक्किदा १ जना घाइते
तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुरमा अटोको पछाडीबाट मोटरसाइकल ठोक्किदा १ जना घाइते भएका छन् । घाइते हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका–५ हस्नापुर घरभई अहिले दाङको तुलसीपुर–१५ मा बस्दै आएका ३९ बर्षीय हरिप्रसाद चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ ह ५३९८ नम्बरको अटोलाई सोही दिशातर्फ जादै गरेको भे ५ प ७१५१ नम्बरको मोटरसाइकलले तुलसीपुर–७ ग्वारखोला नजिकै आज दिउँसो सवा १ बजेको समयमा पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चौधरीको अहिले सिटि हस्पिटल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधनसहित अटो चालक तुलसीपुर–५ का ३२ बर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

