भदौ २८, २०८२
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरसहित विभिन्न कारागारबाट भागेका १६ जना कैदीबन्दीहरू पक्राउ


दाङ, २८ भदौ । जेन-जी युवाहरूको तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट भागेका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमही दाङले पक्राउ गरेको छ।

बाल सुधार गृह नौवस्ता, बाँकेबाट ८ जना, तुलसीपुर कारागारबाट ५ जना, केन्द्रीय कारागारबाट भागेका २ जना र रुकुम पश्चिम कारागारबाट भागेका १ जना गरी कुल १६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्