क्रिप्टो करेन्सीमार्फत अबैध कारोबार गर्ने दुईजना पक्राउ
तुलसीपुर, ५ बैशाख । बाँकेमा क्रिप्टो करेन्सीमार्फत अबैध कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२० का अमृत कुमार वर्मा र जानकी गाउँपालिका–१ का रियाज खाले रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गैरकानुनी रुपमा मुद्रा विनिमय अर्थात किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई नेपालगञ्ज–१८ चाटभटेनी नजिकैबाट हिजो सोमबार पक्राउ गरेको हो । उनीहरुले नैनिक झन्डै एक करोड सम्मको अत्रैध कारोबार गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।।

