जेष्ठ १, २०८१
पढ्न लाग्ने समय :

वैदेशिक रोजगारीमा लगाइदिने भन्‍दै अनलाइनमार्फत रकम ठगी गर्ने एक युवती पक्राउ


काठमाडौं, जेठ १ । वैदेशिक रोजगारीमा लगाइदिने भन्‍दै अनलाइनमार्पत रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको  छ ।
पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ घर भई हाल कुलेश्वर हाइटमा बस्‍ने २८ वर्षीया सुनिता गुरूङ रहेकी छिन् ।
उनलाई प्रहरीले कुलेश्वर हाइटबाट पक्राउ गरेको  हो ।
पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा  कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर  वैदेशिक रोजगारीका लागि जापानमा चप्पल कारखाका, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब दिने गरी काम मिलाइदिने भन्‍दै विभिन्न व्‍यक्तिबाट ४७ लाख ६८ हजार  ७१६ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्