तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु
चेतन वली तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुलटेक्रा घर भई हाल तुलसीपुर–१२ ग्वारखोलामा रहेको पशुपती इट्टाभट्टामा काम गर्ने अव्दुल जव्वरको भाँडकी साढे दुई बर्षकी छोरी सुमिना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार इट्टाभट्टामै काम गर्ने ट्याक्टरले बालिकालाई आइतबार (हिजो) दिउँसो दुई बजेको समयमा ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

