दाङको तुलसीपुरमा बसले ठक्कर दिदाँ एक महिलाको मृत्यु

Views: 1000 16
0 0
Read Time:1 Minute, 12 Second

तुलसीपुर, पौष २४।  दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा महिलालाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बसको ठक्करबाट गम्भिर घाइते भएकी महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । महिलाको साथमा अन्य कोहीपनि नभएकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *